समाचारशुक्रबार, आश्विन २२, २०७२

सरकार गठनका लागि एमालेको दौडधुप

हिमालखबर

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको विषयलाई लिएर एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।

२२ असोज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता नेपालले १६ बुँदे सहमतिदेखि हालसम्म कायम रहेको तीन दलीय सहमतिलाई अघि बढाउँदै एमाले नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न कांग्रेस सभापति समेत रहेको कोइरालासँग आग्रह गरे ।

जवाफमा कोइरालाले कांग्रेसको जारी केन्द्रीय समितिले यसबारे संस्थागत निर्णय गर्ने बताएका छन् ।

नेता नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि केही बेरअघि टेलिफोन वार्ता गरेको र नयाँ सरकार गठनका लागि एमाओवादीको पनि एमालेलाई साथ रहने बताएका थिए ।

अहिले दाहाल र केपी ओलीबीच ओली निवास बालकोटमा वार्ता भइरहेको छ भने बालुवाटारबाट नेता नेपाल पनि बालकोटतर्फ लागेका छन् ।

यसअघि आजै विहान एमाले अध्यक्ष ओलीले साना दलहरुसँग बालकोटमै छलफल गरी आफूलाई समर्थन गर्न आग्रह गरेका थिए भने हिजो २१ असोजमा बालुवाटार पुगी प्रधानमन्त्री कोइरालालाई नयाँ सरकारका गठनका लागि आफूलाई सघाउन आग्रह गरेका थिए ।

कांग्रेसको २१ असोज विहानदेखि जारी बैठकले आज कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने बारे निर्णय गर्ने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>