समाचारशुक्रबार, आश्विन २२, २०७२

एमाओवादी निर्णय: एमाले नेतृत्वमा अधिकतम सहमतिको सरकार

हिमालखबर

एमाओवादीले १६ बुँदे सहमति अनुसार एमालेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको पार्टी स्थायी कमिटीको बैठकले सकेसम्म अधिकतम सहमतिको सरकार गठन गर्ने भन्दै १६ बुँदे सहमति अनुसार एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

एमाओवादी स्थायी कमिटी सदस्य अग्नि सापकोटाका अनुसार सहमतीय सरकार गठन हुन नसकेका बेला अधिकतम सहमतिको सरकार गठनका लागि पार्टीले एमाले र नेपाली काग्रेससँग छलफल गर्ने छ । “अधिकतम सहमतिमा सरकार बन्नुपर्छ भन्ने हाम्रो निर्णय हो त्यसो हुन नसक्दा पनि १६ बुँदे सहमति अनुसार एमालेको नेतृत्वमा सरकार गठन हुनुपर्छ,” सापकोटाले भने ।

अध्यक्ष दाहालले १६ बुँदे सहमति हुँदा नयाँ सरकारको नेतृत्व एमालेलाई दिने भद्र सहमति भएको बताउँदै आएका छन् भने कांग्रेस सभापति सुशील कोइरालाले त्यस्तो कुनै सहमति नभएको दाबी गरेका छन् ।

एमाओवादीले सहमतिको सरकार गठनका लागि राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्ता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहने, बैदेशिक हस्तक्षेपविरुद्ध नेपाली जनतामा निहीत सर्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने, थारु, मधेशी र जनजातिका अधिकतम राजनीतिक माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नु पर्ने लगायतका शर्त समेत राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>