थप समाचारशुक्रबार, आश्विन २२, २०७२
सरकारबारे निर्णय लिन अध्यक्ष थापालाई जिम्मेवारी
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठकले नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारे निर्णय लिन पार्टी अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले लामो समयदेखि सहकार्य गर्दै आएका दलबीच रहँदै आएको एकता कायम हुनुपर्छ भन्नेमा राप्रपा नेपाल दृढ रहेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समयमा विकास भएको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै बैठकले मधेशमा भएको आन्दोलन तथा भारतले लगाएको नाकाबन्दीको परिणामस्वरुप जनजीवन अत्यन्त असहज र कष्टकर हुन गएको भन्दै तत्काल त्यसको समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले भने, “दशैं, तिहार र छठ पर्वको पूर्वसन्ध्यामा यस प्रकारको कठिन परिस्थिति सिर्जना हुनु दुःखद र दुर्भाग्यपूर्ण भएको छ, त्यसको अन्त्य हुनुपर्छ ।”
अघोषित नाकाबन्दी तत्काल फिर्ता लिन तथा पारवहन व्यवस्था सुनिश्चित गर्न भारत सरकारसँग आग्रह गर्दै बैठकले नाकाबन्दीको अन्त्य गर्न भारतसँग अविलम्ब प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
