समाचारशुक्रबार, आश्विन २२, २०७२

निर्णय लिन अध्यक्ष थापालाई जिम्मेवारी

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागिता जनाउनेबारे अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्य समितिको पूर्ण बैठकले नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारे उपयुक्त समयमा उचित निर्णय लिन थापालाई अधिकार दिएको हो ।

अध्यक्ष थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसेको बैठकले लामो समयदेखि सहकार्य गर्दै आएका दलबीच रहँदै आएको एकता कायम हुनुपर्छ भन्नेमा दृढ रहेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले बताए ।

पछिल्लो समयमा विकास भएको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै बैठकले विगत मधेश क्षेत्रमा भएको आन्दोलन तथा भारतले लगाएको नाकाबन्दीको परिणामस्वरुप जनजीवन अत्यन्त असहज र कष्टकर हुन गएको भन्दै तत्काल त्यसको समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले भने, “दसैँ, तिहार र छठ पर्वको पूर्वसन्ध्यामा यस प्रकारको कठिन परिस्थिति सिर्जना हुनु दुःखद र दुर्भाग्यपूर्ण भएको छ, त्यसको अन्त्य हुनुपर्छ ।” उनले आन्दोलनरत मधेस केन्द्रित दलसँग वार्ता गरी उनीहरुको मागलाई तत्काल सम्बोधन गर्न समेत पार्टीले माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>