समाचारशुक्रबार, आश्विन २२, २०७२

आइतवार नयाँ प्रधानमन्त्रीः नेम्वाङ

हिमालखबर

सभामुख सुवासचन्द्र नेम्वाङले देशले आइतवार नयाँ प्रधानमन्त्री पाउने बताएका छन् ।

उनले सहमतिका लागि दिइएको एक साताको समय सकिएकाले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री पाउने बताए । सभामुख नेम्वाङले भने, “बहुमतीय प्रक्रिया रोकिदैन, २४ असोजमा नयाँ प्रधानमन्त्री चयन हुन्छ ।”

नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा नेम्वाङले आजैबाट बहुमतीय प्रक्रिया शुरु हुने बताए ।

नयाँ संविधानले प्रधानमन्त्रीको निर्वाचनमा सांसदहरु तटस्थ रहन र अनुपस्थित हुन नपाउने व्यवस्था गरेकाले पनि प्रधानमन्त्री आइतवार चयन हुने उनले बताए । २३ असोजमा नयाँ प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराउने र २४ असोजमा प्रधानमन्त्रीको चयन हुने कार्यतालिका संसद सचिवालयले तयार पारेको छ ।

प्रधानमन्त्रीका लागि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उमेद्वार घोषणा गरिसकेको छ भने एमाओवादीले संस्थागत रुपमै ओलीलाई सघाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले भने छुट्टै उमेद्वार तय गर्ने वा ओलीलाई समर्थन गर्ने भन्ने निर्णय लिइसकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>