समाचारशुक्रबार, आश्विन २२, २०७२

बहुमतीय सरकार गठन प्रक्रिया शुरु, आइतवार विहान ११ बजे मतदान

हिमालखबर

व्यवस्थापिका–संसद् बैठकले बहुमतीय सरकार गठनको प्रक्रिया शुरु गरेको छ ।

सहमतीय सरकारका लागि दिएको एक साताको समय सकिएपछि बहुमतीय सरकार गठनका लागि प्रक्रिया शुरु भएको हो । बैठकले २३ असोजमा मनोनयन दर्ता र २४ असोज विहान ११ बजे मतदानको कार्यतालिका पारित गरेको छ ।

संविधानका अनुसार संसदले २२ असोजसम्म सहमतीय सरकार गठनका लागि समय दिएको थियो । तर, दलहरुबीच सहमति हुन नसकेपछि बहुमतीय प्रक्रिया शुरु भएको छ ।

प्रधानमन्त्रीका लागि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि बढाइसकेको छ भने नेपाली कांग्रेसले ओलीलाई सघाउने वा आफ्नै उमेद्वार तय गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>