समाचारशुक्रबार, आश्विन २२, २०७२
सरकार निर्माणमा कांग्रेसको भूमिकाबारे शीर्ष नेताहरुले निर्णय लिने
नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले नयाँ सरकार निर्माणबारे निर्णय लिने जिम्मेवारी तीन शीर्ष नेतालाई दिएको छ ।
बैठकले पार्टी सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मेवारी दिएको महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए । तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुको धारणा लिने कार्य सकिएपछि निर्णय लिने जिम्मेवारी शीर्ष नेताहरुलाई दिइएको हो ।
नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने वा आफ्नै उमेद्वार तय गर्ने भन्नेमा नेताहरु विभाजित देखिएका छन् । केन्द्रीय सदस्य शेखर कोइरालाले अधिकांश नेताहरु आफ्नै उमेद्वार तय गर्ने पक्षमा देखिएको बताए ।
उनले भने, “अधिकांश सदस्यहरुको धारणा आफ्नै नेतृत्वमा सहमतीय सरकार बनाउनुपर्ने भन्ने छ ।”
–कपिल भट्ट, काठमाडाैं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
