थप समाचारशुक्रबार, आश्विन २२, २०७२
ट्युनीशियाका संगठनलाई शान्तिका लागि नोबेल
नर्वेको नोबेल पुरस्कार समितिले सन् २०१५ को नोबेल शान्ति पुरस्कारका लागि ट्यूनीशियाको नेशनल डायलग क्वाट्रेटलाई चयन गरेको छ ।
पुरस्कार समितिका मुख्य सचिव कासी कुलमन फाइवका अनुसार सन् २०११ मा ट्यूनीशियामा भएको ‘ज्यास्मिन रिभोलुशन’ पछि त्यहाँ भएको राजनीतिक हत्या र ठूलो मात्रामा फैलिएको अस्थिरताका बीच २०१३ मा क्वाट्रेट गठन भएको थियो ।
पुरस्कार ट्यूनीशियामा लोकतन्त्रको स्थापनाका लागि महत्वपूर्ण योगदान दिएको भन्दै क्वाट्रेटलाई दिइएको हो ।
नोबेल समितिले अस्थिरताका बेला क्वाट्रेटले नयाँ विकल्प र शान्ति स्थापना हुने भरोषा दिएर गृहयुद्ध रोकेको बताएको छ ।
समितिले पुरस्कारमा दिइने १० लाख डलरले ट्युनीशियामा लोकतन्त्रलाई बलियो पार्न मद्दत पुग्ने र अरु देशहरुका लागि समेत प्रेरणा हुने विश्वास लिएको छ ।
ट्यूनीशियाको नेशलन डायलग क्वाट्रेट १) ट्यूनीशिया जनल लेबर युनियन, २) ट्युनीशिया कन्फेडरेशन अफ इन्डष्ट्री, ट्रेड एण्ड ह्याण्डीक्राफ्ट, ३) ट्युनीशिया ह्यूमन राइट लिग र ४) ट्युनीशियन अर्डर अफ लयर्स मिलेर बनाइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
