थप समाचारशुक्रबार, आश्विन २२, २०७२

बन्दबाट प्रभावित विपन्नलाई खाद्यान्न वितरण

हिमालखबर

तस्वीर: दिलिप सिंह

तस्वीर: दिलिप सिंह

सिरहाको लहानमा आमहडतालबाट अती प्रभावित विपन्न दलित समुदायलाई राहत वितरण गरिएको छ ।

खाद्यान्न संकलन तथा वितरण अभियान जनकपुुरधामले मधेशी मोर्चाको लामो हड्तालका कारण प्रभावित बनेका करिब एक सय विपन्न दलित परिवारलाई राहत स्वरुप एक ट्रक खाद्यान्न वितरण गरेको हो ।

दाल, चामल, सोयाबिन, आलुु र नुुन वितरण गरेको अभियानका सदस्य डा. सुुरेन्द्र साहले जानकारी दिए ।

गत २० दिनदेखि जनकपुुरधामका दलित विपन्नलाई खाद्यान्न सामग्री वितरण गरेको र त्यहाँको जनजीवन सामान्य बनेपछि लहानमा वितरण गरेको अभियानले जनाएको छ ।

“आमहड्तालको दुुई महिना वित्न लाग्दा पनि हड्ताल खुुल्ने कुुनै सम्भावना देखिएको छैन्, अभियानका सदस्य साहले भने, “त्यसैले यो बन्दबाट विपन्न समुदाय समस्यामा नपरुन भन्ने उद्देश्यले राहत वितरण अभियान चलाएका छौं ।”

खाद्यान्न संकलन तथा वितरण अभियान जनकपुरले आज नै सिरहाकै मिर्चैयामा खाद्यान्न सामग्री वितरण गरिने आयोजकले जनाएको छ ।
दिलिप कुमार सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...