समाचारशुक्रबार, आश्विन २२, २०७२

एमाओवादीले कांग्रेससँग भन्यो, ‘अधिकतम सहमतिमै सरकार गठन’

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर तीन दल मिलेर अगाडि बढ्नु पर्ने सुझाव दिएका छन् ।

२२ असोज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी पुगेर संविधान जारी भइसकेपछिका चुनौतिहरु कम नभएको भन्दै तीन दल मिलेरै अघि बढ्न सुझाव दिएका हुन् ।

“संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण लगायतका कामका लागि अधिकतम सहमतिमा नयाँ सरकार गठन हुनुपर्छ,” उपाध्यक्ष श्रेष्ठले भेटपछि भने, “पहिलेको भद्र सहमति अनुसार एमालेको नेतृत्वमा सरकार गठन गर्नुपर्छ, तर कांग्रेस र एमाले मिलेर अरु केही निर्णय गर्छन भने पनि हामीलाई मान्य छ ।”

त्यसैगरी राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहने, बैदेशिक हस्तक्षेपविरुद्ध नेपाली जनतामा निहीत सर्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने, थारु, मधेशी र जनजातिका अधिकतम राजनीतिक माग सम्बोधन गर्नका लागि पनि तीन दलको सहकार्य हुन जरुरी रहेको एमाओवादीको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>