समाचारशुक्रबार, आश्विन २२, २०७२
चुरेभावरले शान्तिपूर्ण आन्दोलन गर्ने
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले दुई महिनादेखि जारी मधेश आन्दोलन साम्प्रदायिकतातर्फ उन्मुख हुन थालेको भन्दै त्यस विरुद्ध शान्तिपूर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको छ ।
रिपोर्टर्स क्लबमा २२ असोजमा आयोजित पत्रकार सम्मेलनमा चुरेभावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले भारतीय भूमिबाट नेपालीमाथि आक्रमण गर्ने, भारततर्फ गएका नेपालीमाथि मरणासन्न हुने गरी कुटपिट र आक्रमण गर्ने जस्ता कामले मुलुकको सामाजिक सद्भाव बिथोल्ने दाबी गर्दै त्यसविरुद्ध सामाजिक सद्भाव कायम राख्न शान्तिपूर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको बताए ।
तराईमा सबै समुदाय मिलेर बसिरहेका बेला विभिन्न बहानामा त्यसलाई बिथोल्ने काम हुन थालेको सङ्केत आउन थालेकामा आफूहरूलाई चिन्ता लागेको न्यौपानेको भनाई थियो ।
अध्यक्ष न्यौपानले सरकारले आफूहरूसँग गरेको नौबुँदे सम्झौतामा चुरेभावर प्रदेश दिने उल्लेख गरेकामा प्रदेशको सीमाङ्कनमा त्यो कार्यान्वयन नहुँदासमेत आफूहरू संविधान आउने शर्तमा चुप लागेर बसेको उल्लेख गरेका थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
