समाचारशुक्रबार, आश्विन २२, २०७२

सांसद कलवार संविधान लिएर मधेशमा

हिमालखबर

jayanarayan1

मधेशमा आन्दोलन जारी रहेका बेला संविधानबारे जनतालाई बुझाउँदै सांसद देवकरणप्रसाद कलवार नवलपरासीका बजार–गाउँ घुमिरहेका छन् ।

नयाँ संविधानले तराई–मधेशका अधिकांश मागहरु पूरा गरेको बताउने उनले संविधानबारे जनतामा भ्रम छरिएकाले आन्दोलन उग्र हुन पुगेको बताए ।

नवलपरासी जिल्लाको क्षेत्र नं. ६ बाट तपमलोपाका प्रभावशाली नेता हृदयेश त्रिपाठीलाई हराउंदै संविधान सभा एवम् सांसद सदस्य बनेका कलवारले आफ्नो क्षेत्रका गाउँहरुमा पुगेर जनतालाई संविधानबारे जानकारी गराइरहेको बताए ।

“समावेशी, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरु संविधानले नै सम्वोधन गरेको छ, संवोधन हुन नसकेका विषयहरुलाई संविधान संशोधन गरेर पुरा गरिंदैछ,” कलवारले भने, “अनावश्यक भ्रम र उत्तेजना फैलाएर आन्दोलनलाई उग्र बनाउने काम कसैले पनि गर्नु हुँदैन ।”

उनले वार्ताको माध्ययमबाट संविधान संशोधनको प्रक्रिया अघि बढाउन तर्फ लाग्न समेत आन्दोलनरत मोर्चालाई आग्रह गरेका छन् ।

भारतले गरेको अघोषित नाकावन्दीका कारण जनजीवन असहज भएको भन्दै कुटनीतिक प्रयास अघि बढाउन कलवारले सरकारसँग माग गरेका छन् ।

गोपाल भण्डारी, नवलपरासीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>