समाचारशुक्रबार, आश्विन २२, २०७२
भारतद्वारा नेपाललाई ८ क्वीन्टल बिउ सहयोग
नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतले रु २ करोड ६० लाख ६८ हजार बराबरको तराकारीको बिउ सहयोग गरेको छ ।
२२ असोजमा भारतीय राजदूतावासले गोलभेडा, प्याज तथा मुलाको ८०० किलोग्राम बिउ भूकम्पपछिको नेपाललाई राहतस्वरुप भन्दै राष्ट्रिय बिउबिजन समितिका सदस्य सचिव तथा बिउबिजन गुण नियन्त्रण केन्द्रका प्रमुख श्री डीडी बराललाई हस्तान्तरण गरेको हो ।
उक्त बिउको कूल लागत भा.रु. १,६२,९२,५०० (नेरु.२,६०,६८०००) रहेको पनि दूतावासले जनाएको छ ।
भूकम्प तथा पहिरोका कारण अन्नपात नष्ट भएका नेपालका कृषकहरुलाई सहयोग गर्ने उद्देश्यले बिउबिजन सहयोग गरिएको दूतावासले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
