समाचारशनिबार, आश्विन २३, २०७२
सुशील कोइरालालाई कांग्रेसले प्रधानमन्त्रीको उमेद्वार बनाउने
पार्टी सभापति सुशील कोइरालालाई नै प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय नेपाली कांग्रेसले गरेको छ ।
उमेद्वार छनौट गर्न केन्द्रिय कार्य समिति बैठकले शीर्ष नेताहरुलाई जिम्मा दिएको थियो । भर्खरै सकिएको शीर्ष नेताहरुको बैठक वर्तमान प्रधानमन्त्री कोइरालालाई नै फेरि उमेद्वार बनाउने निर्णय गरेको केन्द्रिय सदस्य प्रदिप पौडेलले बताए ।
शीर्ष नेताहरु कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने दावी गरेपछि कांग्रेसले उमेद्वार चयन गर्न सकेको थिएन । तर, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष बैठकले कोइरालालाई प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय गरेपछि दुई जनाको उमेद्वारी पर्ने देखिएको छ ।
यसअघि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा उमेद्वारी दिने घोषणा गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
