समाचारशनिबार, आश्विन २३, २०७२
ओलीलाई समर्थन गर्ने राप्रपा नेपालको औपचारिक निर्णय
राप्रपा नेपालले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
२३ असोज विहान बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीको निर्वाचनमा ओलीलाई मतदान गर्ने निर्णय गरेको हो । बहुमतीय प्रक्रियाबाट शुरु भएको प्रधानमन्त्रीको निर्वाचनमा ओलीले उमेद्वारी दिने भएका हुन् ।
ओलीलाई एमाओवादीले पनि समर्थन गर्ने निर्णय गरिसकेको छ । संसदको दोस्रो, तेस्रो र चौथो दलको समर्थनमा ओली देशको ३९ औं प्रधानमन्त्री बन्ने लगभग निश्चित भइसकेको छ ।
पहिलो दल नेपाली कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
