समाचारशनिबार, आश्विन २३, २०७२

राष्ट्रपति भेट्न शितल निवास पुगे कोइराला

हिमालखबर

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला राष्ट्रपति रामवरण यादवलाई भेट्न शितलनिवास पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष बैठकमार्फत नयाँ प्रधानमनत्रीको उमेद्वार बन्ने निर्णय गरेर उनी शितल निवास पुगेका हुन् । कोइरालाले राष्ट्रपतिलाई भेटेपछि उमेद्वारी मनोनयन दर्ता गराउने बुझिएको छ ।

दिउँसो ४ बजेसम्मलाई संसद सचिवालयले उमेद्वारी मनोनयनको समय दिएको छ । प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उमेद्वारी दर्ता गराउने निर्णय एमलोले गरेको छ ।

-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>