समाचारशनिबार, आश्विन २३, २०७२
प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीले मनोनयन दर्ता गराए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराएका छन् ।
संसद् सचिवालयमा ओलीले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराएका हुन् । सहमतीय सरकारका लागि दिइएको समय सकिएपछि बहुमतीय प्रक्रियाका लागि मनोनयन दर्ता गराउन ओली संसद सचिवालय पुगेका थिए ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेर मनाेनयन दर्ता भएकाे छ । प्रमुख दल नेपाली कांग्रेसले सभापति सुशील कोइरालाले मनोनयन दर्ता गराउने निर्णय गरेको छ ।
एमाओवादी र राप्रपा नेपालले औपचारिक रुपमा एमालेलाई समर्थन गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीका लागि आवश्यक मत ओलीले पाउने निश्चित भएको छ । संसद सचिवालयका अनुसार २४ असोज विहान ११ बजे प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
