समाचारशनिबार, आश्विन २३, २०७२
सुशील कोइरालाद्वारा उम्मेदवारी दर्ता
कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
२३ असोज दिउँसो संसद सचिवालयमा दर्ता भएको कोइरालाको उम्मेदवारीमा प्रस्तावक पार्टी वरिष्ठ नेता शेरबहादुर देउवा छन् भने समर्थकमा उपसभापति रामचन्द्र पौडेल ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले पार्टी निर्णय अनुसार आफूले उम्मेदवारी दिएको बताए ।
“संसदीय अभ्यासमा यो सामान्य कुरा हो, हार जीत जे भए पनि सहमति र एकता कायमै रहन्छ,” कोइरालाले भने ।
प्रधानमन्त्री बन्नका लागि आवश्यक बहुमत कसरी पुग्छ भन्ने जिज्ञासको जवाफमा कोइरालाको छोटो प्रतिक्रिया थियो, “हेरौं, के हुन्छ ।”
यसअघि एमाले अध्यक्ष केपी ओलीले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । ओलीको प्रस्तावक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल छन् भने समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा ।
नयाँ प्रधानमन्त्रीको लागि पार्टीले आफूलाई उम्मेद्वार बनाउने निर्णय गरेपछि कोइरालाले आजै राष्ट्रपति समक्ष प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
