समाचारशनिबार, आश्विन २३, २०७२
पूर्णबहादुर खडकाले राजीनामा गरे, कोइरालाको उम्मेदवारीप्रति असन्तुष्टि
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको सह–महामन्त्री पदबाट राजीनामा गरेका छन् ।
पार्टीले नयाँ सरकार गठनका लागि एमालेलाई सघाउनु पर्ने बताउँदै आएका उनले सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएलगत्तै राजीनामा गरेका हुन् ।
मुलुक संकटपूर्ण अवस्थामा रहेका बेला दलहरुबीच एकता कायम राख्दै अघि बढ्नु पर्नेमा अरु दलसँग भएको सहमति र सहकार्य तोडिएको उनले बताएका छन् ।
पार्टी सभापति कोइरालाले आफूलाई मनोनयन गरी सहमहामन्त्री बनाएको र अहिले सभापतिसँगै असहमति भएपछि पदमा रहिरहन उचित नहुने भन्दै राजीनामा दिएको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
