थप समाचारशनिबार, आश्विन २३, २०७२
दशैंका लागि थरुहटले आन्दोलन खुकुलो पार्ने
आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले पक्षले दशैं पर्वलाई ध्यानमा राखी कैलालीलगायतका जिल्लामा आन्दोलनका कार्यक्रम खुकुलो बनाएको छ ।
२३ असोजमा कैलालीमा आयोजित पत्रकार सम्मेलनमा समितिका प्रवक्ता माधव चौधरीले चाडबाड र प्रमुख बाली धान भित्र्याउने समय भएकाले आन्दोलनका कार्यक्रमलाई खुकुलो पारिएको जानकारी दिए ।
चाडवाडको समयमा छोटो दुरीका यातायातका साधन चल्न दिने र व्यापार व्यवसाय पनि शुरु गर्न दिने उनले बताए । दशैंपछि भने आन्दोलनका कार्यक्रम पुनः शुरु गरिने चौधरीको भनाई छ ।
कैलालीमा थरुहटले आन्दोलन गरिरहेको भए पनि यातायातका साधनका साथै धनगढी, अत्तरिया, लम्कीलगायतका शहरी क्षेत्रमा व्यापार–व्यवसाय निर्वाधरुपमा सुचारु नै थियो । पछिल्लो समय बर्दिया, बाँके, दाङ् लगायतका जिल्लामा पनि थरुहटको आन्दोलनले खासै प्रभाव पारेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
