समाचारशनिबार, आश्विन २३, २०७२
बाबुराम निकट प्रभु साहले ओलीलाई नै भोट हाल्ने
बाबुराम भट्टराई निकट मानिएका एमाओवादी सांसद प्रभु साहले प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मतदान गर्ने बताएका छन्।
एमाओवादीभित्र बाबुराम पक्षधर मानिएका केही सांसदहरुले विज्ञप्ति जारी गरेका बेला साहले भने पार्टीले गरेको निर्णय अनुसार आफूले प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीलाई मतदान गर्ने बताएका हुन् ।
उनले संविधान निर्माणप्रति असन्तुष्टि जनाउँदै संविधान पारित गर्दा मतदानमा सहभागि भएका थिएनन ।
पार्टीले ओलीलाई समर्थन गरेकोमा असन्तुष्टी व्यक्त गर्दै भट्टराई पक्षधर मानिएका एमाओवादी नेताहरुले जारी गरेको विज्ञप्तिमा साहको नाम उल्लेख भए पनि उनको हस्ताक्षर थिएन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
