थप समाचारशनिबार, आश्विन २३, २०७२

१३६ वटा ट्रक भित्रिंदा पेट्रोलियमको एउटै आएन

हिमालखबर

truckभारतले नाकाबन्दी लगाएको सत्रौं दिन, २३ असोजमा भारतको पानीटंकी नाकाबाट १३६ वटा मालबाहक ट्रक नेपाल छिरेका छन् ।

भारतबाट १२३ वटा मालबाहक ट्रक आए पनि पेट्रोलियम पदार्थ बोकेका एउटै पनि गाडी नेपाल भित्रिएनन् ।

नेपाल भित्रिएका गाडीहरुमा अधिकांश सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ क्लिंकर, आलु, कपडा र तेस्रो मुलुकबाट आयात गरिएका सामानका ट्रकहरु छन् । ती ट्रकहरु दिनभर पटक पटक गरेर नेपाल पसेको भन्सार अधिकारीले जानकारी दिए ।

यसअघि २२ असोज राति पानीटंकी नाकाबाट १५ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल र दुई ट्यांकर हवाई इन्धन भित्रिएको थियो ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>