समाचारआइतबार, आश्विन २४, २०७२
बाबुरामले आफू निकट सांसदलाई नरोक्ने
आज हुने प्रधानमन्त्रीको निर्वाचनमा पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आफू निकटका सांसदहरुलाई मतदानका लागि नरोक्ने भएका छन् ।
भट्टराइका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार आफूनिकट सभासदहरूलाइ मतदान गर्न रोक्दै भन्नेजस्ता हल्लाहरू निराधार र गलत हुन् ।
पाण्डेले भट्टराई अहिले सरकार बनाउने वा गिराउने कुनैपनि भूमिकामा संलग्न नहुने स्पष्ट पारेका छन् ।
भट्टराई अहिले राजनीतिक दाउपेचमा नअल्झिई राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ अर्थिक समृद्धितिर कसरी लैजाने भन्ने बिषयको छलफलमा केन्द्रित रहेको र केही समयपछि मुलुकको अर्थिक समृद्धिको योजना सार्बजनिक गर्ने पाण्डेले बताएका छन् ।
हिजो २३ असोजमा भट्टराई निकटका केही नेताहरुले एमाओवादीले ओलीलाई सघाउन गरेको निर्णयप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
