समाचारआइतबार, आश्विन २४, २०७२
फोरम लोकतान्त्रिक, एमाले र एमाओवादीबीच आठ बुँदे सहमति
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले पनि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीका पक्षमा मतदान गर्ने भएको छ ।
२४ असोजमा संसद भवन नयाँ बानेश्वरमा आयोजित तीन दलको बैठकमा ८ बुँदे सहमति भएपछि लोकतान्त्रिकले ओलीलाई सघाउने भएको हो ।
आठबुँदे सहमतिमा संविधान संशोधन मार्फत सबै राजनीतिक र सार्वजनिक निकायमा समानुपातिक, समावेशी प्रतिनिधित्वको व्यवस्था गरिने, एउटा जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तीन दल सहमत भएका छन्।
त्यस्तै तराई, मधेश, थारु समुदाय, हिमाल पहाड लगायत देशका विभिन्न मागमा भइरहेका आन्दोलनलाई वार्ताका माध्यमबाट सम्बोधन गर्ने, प्रदेशको सीमाङ्कनमा पनि अधिकतम सहमतिका आधारमा संविधान संशोधन गरिने, नयाँ सरकार गठनसँगै शान्ति र सदभाव कायम गर्ने लगायतका छन् ।
थरुहट/थारुवान र मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र राहत उपलब्ध गराउने, आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्धा फिर्ता गर्ने र पक्राउ परेकालाई रिहा गर्ने पनि ३ दलबीचको सहमतिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
