समाचारआइतबार, आश्विन २४, २०७२

‘बीपी रोज्ने कि मातृका ?’

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १६ बुँदे सहमतिसँगै भएको भद्र सहमति पालना नगरेर नेपाली कांग्रेस चुकेको बताएका छन् ।

संसद बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उमेद्वारका रुपमा प्रस्ताव गर्दै दाहालले विगतको सहमतिमा कांग्रेस चुकेको बताए । उनले संविधान कार्यान्वयन, असन्तुष्टको माग सम्बोधन, स्थानीय निर्वाचन, प्रदेश निर्वाचनलगायत आगामी कामहरु सम्पन्न गर्न सहमतीय सरकार आवश्यक रहेको बताए ।

उनले भने, “यो प्रधानमन्त्री छान्ने सामान्य काम मात्रै होइन । अझै राष्ट्रिय सहमतिको आवश्यकता छ ।” अध्यक्ष दाहालले सहमतिमा संविधान जारी गर्ने दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

दाहालले भने, “कांग्रेस बीपीको बाटोमा लाग्ने कि मातृकाको ?” उनले नेपाली राजनीतिमा सँधै दुई लाइन देखिने गरेको भन्दै कांग्रेसले बीपीको बाटो लिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>