समाचारआइतबार, आश्विन २४, २०७२

‘पावर’ का लागि मेरो उम्मेद्वारी होइनः कोइराला

हिमालखबर

नयाँ प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशील कोइरालाले आफूले शक्तिका लागि उम्मेदवारी दिएको नभई संविधान कार्यान्वयनको जटिलतालाई समाधानका गर्नका लागि भएको बताएका छन् ।

संसद बैठकलाई सम्बोधन गर्दै कोइरालाले लोकतान्त्रिक प्रक्रियामा निर्वाचन र प्रतिस्पर्धा सामान्य प्रक्रिया भएकाले उम्मेदवारी दिंदैमा देशमा अशान्ति र अस्थिरता हुन्छ भन्ने सोच्नु गलत रहेको बताए ।

उनले भने, “म शक्तिको भोको कदापी होइन, मेरो प्रतिवद्धता बारे सबैलाई थाहा छ, म सबैलाई विश्वास दिलाउँछु, मुलुकको स्थायित्व, शान्ति र विकासका लागि म जहिले पनि प्रतिवद्ध छु ।”

उनले मुलुक अहिले अत्यन्तै संकटको अवस्थाबाट गुज्रिरहेको भन्दै संकटबाट मुक्तिका लागि आफूले फेरि उम्मेदवारी दिएकोमा जोड दिए ।

कोइरालाले १६ बुँदे सहमतिका बेला एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने भन्ने भद्र सहमति नभएको भन्दै थपे, “प्रधानमन्त्रीका लागि कुनै सहमति भएको थिएन, गुमराह गर्ने काम गर्नु भएन ।”

उनले तराईमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि सबैबाट आवश्यक लचकता नदेखाइएको बताए । एमालेतर्फ संकेत गर्दै भने, “बीचमा समस्या समाधानका कुरा आएका थिए तर, हामी लचिलो भएको भए यो अवस्था आउने थिएन ।”

कोइरालाले अगाडी भने, “सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको छ । संशोधन प्रस्ताव दर्ता गर्दा अघिका सहमतिको पालना भएन । सहमतिविरुद्ध जाने काम भयो । सहमतिलाई पालना नगर्नेले सहमतिको कुरा गर्नु निरर्थक र औचित्य हिन छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>