समाचारआइतबार, आश्विन २४, २०७२

सहमतिका नाममा प्रजातान्त्रिक अभ्यासलाई बन्धक बनाउनु हुँदैनः पौडेल

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति सुशील कोइरालाले सहमतिका नाममा प्रजातान्त्रिक अभ्यासलाई बन्धक बनाउन नहुने बताएका छन् ।

प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालाको उम्मेदवारीको समर्थक रहेका पौडेलले संविधानलाई सरकारसँग जोड्न नहुने र लोकतन्त्रलाई सहमतिसँग जोडन नहुने बताए ।

“यो भागशान्ति जयनेपाल गर्ने खालको सत्ताको भागवण्डा प्रिय हुँदैन,” संसद बैठकमा बोल्दै उनले भने, “अहिलेको निर्वाचनले आकाशै खस्दैन, कोही अत्तालिनु पर्दैन, निर्वाचन जस्तो प्रजातान्त्रिक अभ्यासमा हौवा क्रियट गर्नु हुँदैन ।”

संविधानका केही काम अझै बाँकी भएकाले सुशील कोइरालाले उम्मेदवारी दिएको भन्दै उनले मुलुकको सार्वभौमसत्ता, स्वाभिमान, विकासका लागि नेपाली कांग्रेस सँधै प्रतिवद्ध रहेको र त्यसका लागि सँधै अन्यदलसँग एकता गर्नेमा जोड दिए ।

उनले निर्वाचनलाई ‘स्पोर्टसम्यान स्पिरिट’ का रुपमा लिनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>