समाचारआइतबार, आश्विन २४, २०७२
केपी ओली प्रधानमन्त्रीमा निर्वाचित
व्यवस्थापिका–संसदबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।
उनले प्रधानमन्त्रीका प्रत्यासी नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ८९ मतले पराजित गरेका छन् । ओलीले ३३८ मत पाएका छन् भने कोइरालाले २४९ मत पाएका छन् । मतदान प्रक्रियामा ५८७ जना सहभागी थिए ।
ओलीलाई संसदको तेस्रो ठूलो दल एमाओवादी, चौथौ दल राप्रपा नेपाल, चौथो दल मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेमकिपालगायतले मत दिएका थिए भने कोइरालालाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
