Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अाेलीकाे गृह जिल्लामा दीपावली - Himalkhabar.com

थप समाचारआइतबार, आश्विन २४, २०७२

अाेलीकाे गृह जिल्लामा दीपावली

हिमालखबर

unnamedनेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएपछि उनको गृह जिल्ला झापामा एमाले कार्यकर्ताले दिपावली गरेका छन् ।

अपह्रान्ह ५ः३० बजे पश्चिम झापाको दमकस्थित गणतन्त्र चोकमा भेला भएका सयौं एमाले कार्यकर्ताले मिठाई बाँडेका थिए । उनीहरुले आतासबाजी गर्दै दिपावली गरेका छन् । दमक–१०, स्थित ओली निबास रहेको टोलमा पनि अलग्गै दिपावली गरिएको छ ।

खुशीयाली मनाइरहेका एकजना युबक राजकुमार थापा ओलीलाई जनताको भाषा बोल्न सक्ने नेता मान्छन् । “मलाई उहाँ मनपर्नुको कारण यहि हो”, उनी भन्छन्, “उहाँँ अरु कत्तिपय नेता जस्तो घुमाउरो र अस्पष्ट बोल्नुहुन्न ।”

पश्चिम झापाको दमक गणतन्त्र चोकमा खुशीयाली चलिरहँदा करीव ८ किलोमिटर दक्षिण लखनपुर–६, का ७७ बर्षे प्रेमप्रसाद खरेल घरकै काममा ब्यस्त थिए । रातोदिन टेलिभिजनमा छाइरहेका भाञ्जालाई उनी टाढैबाट आशिर्बाद दिइरहेका छन् ।

उनी भन्छन्, “मेरा भाञ्जा भाग्यमानी रहेछन्, देशलाई राम्रोबाटोमा लैजाउन ।” खरेल ओलीका मामा हुन । २०११ सालमा आमा बितेपछि मामाघर गएका ओलीसँग प्रेमप्रसादको २०२२ र २०४४सालमा मात्र भेट भएको थियो ।

उनले भने, “ध्रुब भाञ्जा त भित्रभित्रै ठुलो नेता भइसकेका रहेछन् ।” ओलीको बाल्यकालको नाम ध्रुब हो ।

४९ बर्षदेखि बाम राजनीतिमा निरन्तर लागेका ६४ बर्षे नेताले २०२७ देखि २०४४ सम्म जेल जीबन बिताएका हुन । उनी त्यसअघि भुमिगत भएर झापा र मोरङका भित्रि गाँउहरुमा पार्टी संगठन निर्माणमा संलग्न थिए ।

२०४८, २०५१ र २०५६ झापा ६बाट निर्वाचित ओली २०६४सालको संबिधान सभा निर्बाचनमा भने पराजित भएका थिए ।

पार्टीको आन्तरिक जीवनमा पनि निरन्तर चुनौतीको सामना गर्दै हुर्किएको ओलीको राजनीतिक यात्रा परिक्षाको मैदानमा उत्रिएको उनीलाई चिन्नेहरु बताँउछन् । एमाले झापाका एकजना जिल्ला कमिटी सदस्य भन्छन्, “हक्कीपना र निरन्तरता, उहाँबाट सिक्ने कुरा यिनै हुन ।”

-गोपाल गडतौला ,झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>