समाचारसोमबार, आश्विन २५, २०७२

एमाओवादीले हरिबोल गजुरेललाई सरकारमा पठायो

हिमालखबर

एमाओवादीले स्थायी कमिटी सदस्य हरिबोल गजुरेललाई सरकारमा पठाउने निर्णय गरेको छ ।

दिउँसो १ बजे राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सपथका लागि गजुरेललाई पठाउने निर्णय एमाओवादीले गरेको छ । पार्टीले पाउने मन्त्रालयको टुंगो लागिनसकेकाले गजुरेललाई पठाउने एमाओवादी स्थायी कमिटीले निर्णय गरेको छ ।

यस्तै, राप्रपा नेपालले पार्टी अध्यक्ष कमल थापालाई सरकारमा पठाउने निर्णय गरेको छ । एमालेबाट सपथ लिने मन्त्रीको भने टुंगो लागेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>