समाचारसोमबार, आश्विन २५, २०७२
मन्त्रालय भागबन्डाबारे बालकोटमा छलफल
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अहिले मन्त्रालय भागबन्डाबारे छलफल भइरहेको छ ।
एमाले र एमाओवादीका शीर्ष नेताहरु छलफलमा सहभागी रहेको प्रधानमन्त्री ओलीको स्वकीय सचिव रमेश आचार्यले बताए । उनका अनुसार छलफलमा प्रधानमन्त्री ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्या भण्डारी र उपमहासचिव विष्णु पौडेल छन् भने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र सचिव बर्षमान पुन सहभागी छन् ।
दिउँसो १ बजे सानो मन्त्रिमण्डलसहित प्रधानमन्त्री ओलीले सपथ खाने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
