समाचारसोमबार, आश्विन २५, २०७२
सामान्य बन्दै सुनौली
एक हप्तादेखि पूर्ण रुपमा ठप्प रहेको सुनौली नाका सामान्य बन्दै गएको छ ।
२५ असोज दिउसोबाट ढुवानीका साधनहरु भित्रिन थालेकाले यो नाका सामान्य बन्ने र खुल्ने संकेत देखिएको हो । दिउ“सो १ देखि ४ बजेसम्म ५० वटा ढुवानीका साधनहरु नेपाल भित्रिएकाछन् ।
ती मध्ये ३ वटा अक्सिजन, २ वटा एलपी ग्यास, १ वटा खाने तेल बोकेका साधन हुन । पेट्रोलियम पदार्थ बोकेका साधनहरु भित्रिने लाइनमा छन् ।
लुम्बिनी प्रहरी प्रमुख गणेश केसीका अनुसार सुरक्षा स्थिति सुध्रिएको भन्दै भारतीय अधिकारीहरुले साधनहरु छाडिएको तर्क गरेकाछन् । केसीले भने, “स्थानीय स्तरको समन्वयमा नाका सहज बन्न लागेको हो ।”
उनका अनुसार अहिले नाका आंशिक खुलेको छ र पूर्ण रुपमा खुल्ने संकेत मिलेको छ ।
-दीपक ज्ञवाली, बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>