समाचारसोमबार, आश्विन २५, २०७२

संघीयतामा हेरफेरसहित संविधान संशोधनः उपप्रधानमन्त्री गच्छदार

हिमालखबर

vijaya gachhadarनवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले मधेशी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार सङ्घीयताको सङ्ख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताए ।

संविधानमा संशोधनका लागि सरकार गठनपूर्व नेकपा एमाले, एमाओवादी र आफ्नो पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक बीच आठबुँदे सहमति भएको स्मरण गराए ।

उनले संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने जनाए। सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ ।

गच्छदारले संविधान संशोधनमा नेपाली कांग्रेसको पनि सहमति हुने बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>