समाचारमंगलबार, आश्विन २६, २०७२

आन्दोलन र धर्ना जारी छः मधेशी मोर्चा

हिमालखबर

MAHANTA-THAKURसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराईमा जारी आन्दोलन र सीमा क्षेत्रको धर्ना फिर्ता नगरेको स्पस्ट पारेको छ ।

२६ असोजमा काठमाडौंमा पत्रकार सम्मेलन गरी मोर्चामा आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानको विरोध गर्दै आफूहरुले थालेको आन्दोलन जारी नै रहेको बताए । उनले नेपाल–भारत सीमा क्षेत्रमा मोर्चाले दिइरहेको धर्ना पनि यथावतै रहने जानकारी दिए ।

सम्मेलनमा सहभागी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरु व्यवस्थापिका बैठकमा सहभागी हुनुलाई संविधान मानेको रुपमा लिन नहुने भन्दै संसदलाई निरन्तरता दिनमात्रै सहभागी भएको दाबी गरे ।

उनले भने, “संविधान अझै हामीले स्वीकार गरिसकेका छैनौ, प्रधानमन्त्रीको निर्वाचनका बेला संसद बैठकमा सहभागी भएको मात्रै हो ।”
उनले पनि आन्दोलन र सीमा क्षेत्रको धर्ना यथावतै रहने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>