Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुर्घटनामा चार जनाको मृत्यु - Himalkhabar.com

थप समाचारसोमबार, आश्विन २५, २०७२

दुर्घटनामा चार जनाको मृत्यु

हिमालखबर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटो घुम्तीमा २६ असोजमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख २६१० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बर्दिया नेवलापुरका २३ वर्षीय मुकुन्द थापा र कञ्चनपुर पुनर्वास–३ का ३० वर्षीय शेरबहादुर कुँवरको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनामध्ये १२ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ ।

दाङमा दुई जनाको मृत्यु
दाङमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुवै चालकको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडक खण्डको सर्रा नजिकै हेमन्तपुरबाट घोराही आउँदै गरेको रा २ प ९९६१ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ९६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालकको मृत्यु भएको हो ।

घोराही आउँदै गरेका घोराही–११ भरतपुर निवासी ४३ वर्षीय मोटरसाइकल चालक पूर्णचन्द्र पौडेल र तुलसीपुरतर्फ जाँदै गरेका घोराही–५ का २५ वर्षीय भूपेन्द्र पुरीको मृत्यु भएको दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>