समाचारमंगलबार, आश्विन २६, २०७२
सार्वजनिक विदामा पनि सिंहदरवारमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक विदाको दिन पनि सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेर सुरक्षा निकाय र कूटनीतिक निकायका प्रतिनीधिहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिन गृह मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखहरु प्रधानमन्त्री कार्यालय बोलाएका थिए । उनका स्वकीय सचिव रमेश आचार्यका अनुसार सुरक्षा निकायका प्रमुखहरुसँग छलफल लगत्तै विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनीधिहरुसँग छलफल गरेका छन् ।
राष्ट्रपति रामवरण यादवसँग औपचारिक शिष्टाचार भेटघाट गरेका प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलहरुसँग छलफल पनि गरेका छन् । मन्त्रालय, राष्ट्रपति÷उपराष्ट्रपति, सभामुख÷उपसभामुखलगायत भागबन्डाबारे दलहरुबीच छलफल भएको छ ।
सत्ता साझेदार दलहरुबीच पहिलो चरणमा ९ जना मात्रै मन्त्रीले सपथ लिएका छन् भने सपथ लिएका मन्त्रीहरुले समेत भागबन्डामा सहमति नजुट्दा बिना विभागीय बस्नु परेको छ ।