थप समाचारमंगलबार, आश्विन २६, २०७२

निगमले उपत्यकामा आज साढे सात लाख लिटर इन्धन बाँड्यो

हिमालखबर

queदुई सातादेखि इन्धन नपाएका निजी सवारी साधनलाई नेपाल आयल निगमले २६ असोजमा ७ लाख ५० हजार लिटर इन्धन बाँडेको छ ।

निगमले निजी सवारी साधनलाई काठमाडौं उपत्यकाका १२५ पेट्रोल पम्पबाट इन्धन बाँडेको हो । आयल निगमले २६ असोजमा इन्धन वितरण गर्ने सूचना जारी गरेपछि इन्धन पाउने आशामा एकदिन अघिदेखि नै सर्वसाधारण लाइन बसेका थिए ।

निगमले आज एक दिनमा ६ लाख लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजल वितरण गरेको छ ।

लामो लाइन लागेका सबै नीजि सवारी साधनलाई इन्धन उपलब्ध गराउन नसकिएको निगमका प्रवक्ता दीपक बरालले बताए । उनले भने, “मौज्दात नहुँदा मागअनुसार आपूर्ति गर्न सकिएन ।”

निगमले प्रति मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतका सवारी साधनलाई १५ लिटर र मोटरसाइकललाई ५ लिटरका दरले इन्धन उपलब्ध गराएको थियो ।

राजधानीमा इन्धनका केही ट्याङ्कर भित्रिएपछि निगमले भोलि पनि निजी सवारी साधनलाई इन्धन उपलब्ध गराउने तयारी गरेको छ । निगमका प्रवक्ता बरालले वीरगन्ज नाका नखुल्दासम्म खाना पकाउने ग्यास भने वितरण गर्न नसकिने बताए ।

निगमले दशैंमा काठमाडौँबाट घर जान चाहनेलाई सहज होस् भनेर निजी मोटरसाइकल, कार र भ्यानलाई आज इन्धन उपलब्ध गराएको हो ।

उपत्यकामा सामान्य अवस्थामा हुँदा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>