समाचारमंगलबार, आश्विन २६, २०७२

सुदूरपश्चिमका नाका सहज हुँदै

हिमालखबर

tankerभारतसँग जोडिएको सुदुरपश्चिमका नाकाहरु २६ असोजदेखि सामान्य बन्दै छन् । कैलालीको त्रिनगर–गौरिफण्टा नाकाबाट ९ ट्यांकर पेट्रोल र १३ ट्यांकर डिजेल भित्रिएको छ ।

कञ्चनपुर, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नाका केही दिन अघिदेखि नै सहज बनेका भएपनि इन्धन भित्र्याउने सुदूरपश्चिमको एकमात्र कैलालीको त्रिनगर भन्सार नाका २६ असोज बिहानदेखि सहज बन्न थालेको छ ।

‘‘अब सामान्य भइसक्यो, कुनै रोकटोक छैन । पेट्रोलियम पदार्थका गाडी पनि आउन थालिसके,’’ कैलालीको धनगढी, त्रिनगर भन्सार कार्यालयका प्रमुख मानप्रसाद विकले भने ।

सुदूरपश्चिमका अन्य नाकाहरुबाट दैनिक उपभोग्य सामान आयात हुने भएपनि त्रिनगर नाकाबाट मात्रै पेट्रोलिय पदार्थ र अन्य सामानसहितका गाडी आउने गरेका छन् । आज दिउँसोसम्म ९ ट्यांकर पेट्रोल र १३ ट्यांकर डिजेल यो नाकाबाट नेपाल भित्रेको छ ।

दैनिक उपभोग्य सामानका गाडी तीनदिन अघिदेखि आउन थालेको भएपनि पेट्रोलियम पदार्थका ट्याङ्कर २५ साँझदेखि आउन थालेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले बताए ।

‘‘केही हिजो साँझ आए, केही आज आउँदैछन, ’’ क्षेत्रीय प्रमुख पौडेलले भने ।

२५ असोज साँझ भारतको बन्थारा, साँझापुरबाट पेट्रोल २ ट्याङ्कर, डिजेल १८ ट्याङ्कर आएको थियो । हिजै पेट्रोल लिन नेपालबाट २२ वटा ट्याङ्कर बन्थारा पुगेको आज विहान पेट्रोल लोड गरे पनि अझै भित्रिइनसकेको पौडेलले जानकारी दिए ।

‘‘केही दिन अघिसम्म १० प्रतिशत मात्रै थियो, हिजोसम्म ५० प्रतिशत आपूर्ति भएको छ । आज ति सबै आए भने पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन्छ’’ क्षेत्रीय प्रमुख पौडेलले भने ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>