समाचारमंगलबार, आश्विन २६, २०७२

नेपालगञ्ज–रुपैडिहा नाका सहज बन्दै, पेट्रोल आउन अझै केही दिन लाग्ने

हिमालखबर

rupaidiha

नेपाल भारत सीमा क्षेत्रको गेट । तस्वीर: केशव राना/हिमालखबर

नेपालगञ्ज–रुपैडिहा नाकाबाट आज, २६ असोज साँझसम्ममा ६३ वटा मालवाहक गाडी भित्रिएका छन् ।

भित्रिएका गाडीहरुमा १३ ट्यांकर डिजेल र १ बुलेट ग्यास र बाँकी क्लिंकर, चामल, फलफूल, आलु र प्याज लगायतका रहेको जमुनाहा प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले सीमामा कुनै अवरोध छैन ।

पेट्रोल अभाव कायमै
बाँकेसहित मध्यपश्चिमका जिल्लाहरुमा अझै केही दिन पेट्रोलको अभाव कायमै रहने भएको छ ।

नेपालबाट जाने ट्यांकरहरुले पेट्रोल भर्ने भारतको गोण्डा डिपोमा नै पेट्रोल अभाव भएपछि तत्काल अभाव नटर्ने भएको हो ।

मध्यपश्चिमका सबै जिल्लामा अहिले पेट्रोलको चरम अभाव छ ।

१८ दिनपछि नेपालगञ्ज रुपैडिहा नाका पूर्णरुपमा खुलेपछि डिजेलको अभाव भने टर्दै गएको छ ।

लाइनमा रहेका डिजेलका ट्यांकरहरु भित्रिरहेकोले आपूर्ति सहज हुँदै गएको हो ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>