थप समाचारमंगलबार, आश्विन २६, २०७२

नेता नेपालकाे प्रस्ताव,  लालबाबु राष्ट्रपति

सइन्द्र राई

lalbabuसत्तारुढ दलहरुबीच भागबन्डाबारे छलफल चलिरहँदा एमाले वृत्तमा भने आफ्नो पार्टीले राष्ट्रपति पाउँदा कसलाई पठाउने भन्ने चर्चा शुरु भएको छ ।

एमाले शीर्ष नेताहरुबीच औपचारिक छलफल नभएपनि राष्ट्रपति उमेद्वारको प्रस्ताव भने आउन थालेको छ ।

२०६२/०६३ को जनआन्दोलनपछि लगातार सभामुख रहेका सुवास नेम्वाङ, उपाध्यक्ष विद्या भण्डारी र सामान्य प्रशासनमन्त्री बनेर चर्चा कमाएका लालबाबु पण्डितलाई राष्ट्रपतिको उमेद्वार बनाउनुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् ।

सभामुखबाट बाहिरिएपछि भूमिकाविहिन हुने भएकाले नेम्वाङलाई र महिला भएकाले भण्डारीको प्रस्ताव आएको छ भने नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएपनि काम नै गरेर उचाई लिएका पण्डितलाई राष्ट्रपति बनाउन अहिले उपयुक्त हुने विश्लेषण छ ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति एमालेले पाउने अवस्थामा पण्डितलाई हुनुपर्ने पक्षमा छन् । उनले यसबारे शीर्ष नेताहरु र अन्य दलसँग पनि छलफल गरिसकेको उनी निकटका एक नेताले बताए ।

उनका अनुसार मधेशी पृष्ठभूमी भएको, काम गर्न सक्ने र कुनै जिम्मेवारी नभएकाले पण्डित उपयुक्त हुने तर्क नेता नेपालले गर्दै आएका छन् भने उपराष्ट्रपति एमालेले पाउने अवस्थामा शान्ता चौधरीलाई उमेद्वार बनाउनुपर्ने पक्षमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>