Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भागबन्डा मिलाउन सत्तारुढ दलहरु छलफलमा - Himalkhabar.com

समाचारमंगलबार, आश्विन २६, २०७२

भागबन्डा मिलाउन सत्तारुढ दलहरु छलफलमा

हिमालखबर

unnamed

छलफल गर्दै सत्तारुढ दलका नेताहरु । तस्वीरः अानन्दराम डंगाेल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएपछि संविधान अनुसार अन्य पदहरुमा समेत सत्तारुढ दलहरुबीच छलफल शुरु भएको छ ।

नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकलगायत दलहरुले मन्त्रिपरिषद्, राष्ट्रपति/उपराष्ट्रपति, सभामुख /उपसभामुखलगायत पदहरु कुन–कुन दलले लिने भन्ने छलफल भइरहेको छ । २४ असोजको व्यवस्थापिका–संसद् निर्वाचनबाट ओली प्रधानमन्त्री निर्वाचित भएको भोलिपल्ट ९ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

तर, मन्त्रालय भागबन्डा अन्य पदहरुसँगै मिलाउने प्रयत्न भइरहेको छ । प्रधानमन्त्री निर्वाचनमा संसदको प्रमुख दल नेपाली कांग्रेसले सभापति सुशील कोइरालालाई उमेद्वार बनाएपछि भद्र सहमति तोडिएको भन्दै राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको कसरी मिलाउने भन्ने छलफल भइरहेको हो ।

कांग्रेस प्रतिपक्षमा बसेपछि अहिले राष्ट्रपति र सभामुख कुन दलले लिने भन्नेबारे छलफल भइरहेको छ । प्रधानमन्त्री ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारबीच २६ असोजमा पनि यसबारे छलफल भएपनि निष्कर्षमा पुग्न सकेनन् ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार राष्ट्रपति एमालेले लिने कि एमाओवादीले भन्नेबारे छलफल भइरहेको छ । उसोत, ८ बुँदे सहमतिमार्फत सरकारमा आएका गच्छदारले पनि राष्ट्रपति वा उपराष्ट्रपति लिने छलफल भइरहेको छ ।

२५ जेठमा फोरम लोकतान्त्रिकसहित प्रमुख ४ दलबीच सम्पन्न १६ बुँदे सहमतिपछि एमाओवादीका अध्यक्ष दाहालले राष्ट्रपतिमा आफ्नो दावी नरहेको सार्वजनिक अभिव्यक्ति दिदै आएका थिए ।

तर, भद्र सहमति अनुसार कांग्रेसले प्रधानमन्त्रीमा ओलीलाई सहयोग नगरी सुशील कोइरालालाई उमेद्वार बनाएको भन्दै दाहालले अव राष्ट्रपतिमा आफ्नो दावी हुन सक्ने बताउँन थालेका छन् । उनको दावीपछि सवै पदहरुमाथि छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>