समाचारबुधबार, आश्विन २७, २०७२

रौतहट खुल्यो

हिमालखबर

gaurझण्डै दुई महिनादेखि बन्द रहेको रौतहटको सदरमुकाम गौरको जनजीवन बन्दै खुलेसँगै सामान्य बनेको छ ।

मधेशी मोर्चाको आमहडतालका कारण २८ साउनदेखि बन्द रहेको गौर बजार २६ असोजदेखि व्यापारीहरुले स्वतःस्फूर्तमा खुलाएका थिए । आन्दोलनरत मोर्चाले पनि बन्द गर्न दबाब नदिएको स्थानीय व्यापारीहरुले बताएका छन् ।

२६ असोजमा दिउँसो मात्रै बजार खुलेको भए पनि आज २७ असोजमा भने विहानैदेखि बजार खुला छ ।

बजार खुलेपछि व्यापारीले आ–आफ्ना पसल तथा व्यापार व्यवसाय सुचारु गरेका छन् । वित्तीय संस्था तथा निजी बैंक समेत सञ्चालनमा आएका छन् ।

बन्द खुले पनि सरकारी कार्यालयमा सेवाग्राही अझै देखिएका छैनन् । यस क्षेत्रका व्यापारी बन्द खुले पनि डिजेल पेट्रोल सहज नहुँदा पसलमा पर्याप्त सामान राख्न नसकेको बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>