समाचारबुधबार, आश्विन २७, २०७२
२८ मा सहमति नभए २९ मा सभामुख र उपसभामुखको निर्वाचन
व्यवस्थापिका–संसद् बैठकले सहमतिमा सभामुख र उपसभामुख चयन गर्ने समय भोलिसम्म दिएको छ ।
यी दुई पदमा सहमति जुटाउन दलहरुलाई बैठकले २८ असोज दिउँसोसम्मको समय दिएको छ । सहमति जुट्न नसके २९ असोज दिउँसो ३ बजे सभामुख र ५ बजे उपसभामुखको निर्वाचन हुने भएको छ ।
संसदको जेष्ठ सदस्य लक्ष्मण राजवंशीको अध्यक्षतामा बसेको बैठकले सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीको राजिनामा स्वीकृत गरेको छ ।
यस्तै, पूर्व सांसद चन्द्रबहादुर गुरुङको शोक प्रस्ताव पारित गरिएको छ ।
२०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सभासद रहेका गुरुङको १६ असोजमा अमेरिकामा उपचारको क्रममा निधन भएको थियो ।
-कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
