खेलकुदमंगलबार, मंसिर ५, २०६९
‘ए’ डिभिजन लिग शुरु, नपत्याउने खोलाले बगायो
राजधानीमा ५ मंसिरमा शुरु सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब र पहिलो पटक ‘ए’ डिभिजनमा उक्लिएको भक्तपुरको आइसवर्ग मध्यपुर युथ एसोसियसनले १–१ को बराबरी खेलेर अंक बाँडेको हो । मध्यपुरका कप्तान जीवन सिन्केमानले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । पुलिसका लागि ४८ औं मिनेटमा भोला सिलवालले प्रहार गरेको बलले जाली चुमेपछि खेल बराबरीमा आएको थियो ।
गतवर्षको उपविजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी पनि कमजोर मानिएको संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकियो । मनाङका निराजन मल्लले ७ औं र संकटका लागि मनीस गुरुङले ५३ औं मिनेटमा गोल गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
