समाचारबुधबार, आश्विन २७, २०७२

काकडभिट्टाः अरु आयो, पेट्रोल आएन

हिमालखबर

lpgasभारतको पानीटंकी सीमा नाकाबाट पेट्रोलियम पदार्थ बाहेकका वस्तुको आपूर्ति सामान्य बन्दै गएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीका अनुसार पेट्रोलियम बाहेकका वस्तुको आपूर्ति मात्रै सामान्य भएको हो ।

२७ असोजमा अपराह्न २ बजेसम्म १३३ वटा मालबाहक ट्रक नेपाल भित्रिएकोमा ग्यासको बुलेट एउटा र हवाई इन्धनको टयांकर एउटामात्रै छन् ।
बाँकी तरकारी, फलफुल, लत्ताकपडा र अन्य सामग्रीबाट २ करोड २२ लाख राजश्व उठेको छ ।

सामान्य अवस्थामा सरदर दैनिक डेढ करोढ राजश्व उठने मेची भन्सार काँकडभिट्टाले पछिल्लो एकसातामा १६ करोड २६लाख राजश्व उठाएको अधिकारीले बताएका छन् । कैयौं दिनसम्म नेपाल आउन पालो कुरेका गाडीहरु धेरै भित्रिंदा राजश्वा उठती बढेको देखिएको हो ।

मेचीमा सरदर दैनिक ५० हजार लिटर पेट्रोल र डेढलाख लिटर डिजेल खपत हुने गरेकोमा ६ असोजदेखि भारतले नाकाबन्दी गर्दा मेचीका सडकमा सवारीसाधन पातलिएका छन् ।

तर, सीमावर्ती क्षेत्रमा भने पारिबाट मोटरसाईकलमा पेट्रोल ल्याई खुद्रे तस्करहरुले डेढदेखि दुईसय रुपँैया लिटरको भाउमा बिक्री गरिरहेका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>