थप समाचारबुधबार, आश्विन २७, २०७२

एक लाख घुस लिंदै गर्दा अधिकृत पक्राउ

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङ्को त्रिपूर नगरपालिकाका कार्यकारी अधिकृत जितबहादुर केसीलाई घुस लिंदै गर्दा पक्राउ गरेको छ ।

एक लाख रकम घुस लिएको अवस्थामा पक्राउ गरेको छ । आयोगको कोहलपुर स्थित कार्यालयबाट २७ असोजमा खटेको टोलीले इन्जिनियर रोशन दुलाललाई नियुक्तिपत्र दिए वापत एक लाख रुपैयाँ घुस लिंदै गर्दा पक्राउ गरेको हो ।

त्रिपुरा नगरपालिकामा ३१ बैशाखदेखि करारमा नियुक्त इन्जिनियर दुलाललाई स्थानीय विकास कार्यक्रमको कोटामा असोजदेखि असार महिनासम्म करारमा नियुक्त गर्न अधिकृत केसीले सर्वदलीय बैठक मार्फत निर्णय गराएका थिए ।

सोही क्रममा उनले इन्जिनियर दुलाललाई नियुक्त पत्र दिए वापत एक लाख घुस लिएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...