समाचारबुधबार, आश्विन २७, २०७२

घरेलु हतियार सहित कलैया र वीरगञ्जमा प्रदर्शन

हिमालखबर

bara1बाराको सदरमुकाम कलैया र पर्साको वीरगञ्जमा मधेशी मोर्चाले घरेलु हतियार सहित प्रदर्शन गरेको छ ।

मधेशी मोर्चाले २६ असोजमा आन्दोलन जारी राख्ने निर्णय गरेसँगै बारा र पर्साका विभिन्न ठाउँमा तरवार, खुकुरी, फर्सा, भाला लगायतका घरेलु हतियार लिएर प्रदर्शनकारी सडकमा उत्रेका हुन् ।

२७ असोजमा बाराको बेलहिया, प्रस्टोका, इनर्वासिरा लगायतका गाउँबाट प्रदर्शनकारीहरु कलैयामा जम्मा भई वीरगञ्जतर्फ गएका थिए ।

प्रदर्शनकारीहरु वीरगञ्ज र भारतीय बजार रक्सौल बीचको दशगाजामा समेत पुगेर प्रदर्शन गरेका थिए ।

बिरगञ्ज–रक्सौल सीमा नाकासँगै बाराको सिम्रौनगढ, मटिअर्वा, कचोर्वा, कवहीगोठ र पिपरपाती पचरौता सहितका पाँच छोटी भन्सार कार्यालय पनि करिब दुई महिनादेखि ठप्पे छन् ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>