अर्थ/बजारबुधबार, आश्विन २७, २०७२

देशकै ठूलो औद्योगिक क्षेत्र बन्द हुँदा अर्बौंको नोक्सानी

हिमालखबर

२७ असोजमा बारामा मधेशी मोर्चाले सडकमा बालेको टायर । तस्वीर: श्याम गुप्ता

२७ असोजमा बारामा मधेशी मोर्चाले सडकमा बालेको टायर । तस्वीर: श्याम गुप्ता

मोर्चाको दुई महिनादेखि जारी आमहडताल र भारतको नाकाबन्दीका कारण बारा–पर्साका झण्डै दुई हजार भन्दा बढी उद्योगहरु ठप्प छन् ।

हडतालको कारण उद्योगलाई आवश्यक कच्चा पदार्थ ल्याउन नसकिएको र उत्पादित वस्तु पनि बजारसम्म पुर्‍याउन नसकेको उद्योगीहरु बताउँछन् ।
नेपालमा आमहडतालसँगै भारतले समेत नाकावन्दी गरेपछि यसक्षेत्रका उद्योगहरु पूर्णरुपमा बन्द हुन पुगेका हुन् ।

आन्दोलनका बेला सुरक्षा निकायको स्कर्टिङमा आयात–निर्यात सुचारु राखिएको भए पनि भारतको नाकाबन्दीले उद्योगका लागि आवश्यक कच्चा पदार्थ २१ दिनदेखि सीमा पारी नै रोकिंदा उद्योग बन्द गर्नु परेको यहाँका उद्योगीहरुको भनाई छ । त्यसैगरी डिजेल पेट्रोलको आपूर्ति नहुँदा पनि मेशिन चलाउन सकिएको छैन ।

“नाकाबन्दी अघि सुरक्षा निकायको स्कर्टिङमा इन्धन र कच्चपदार्थको आपूर्ति भइरहेको थियो तर, भारतले नाकाबन्दी गरेपछि सबै कुरा सक्कियो, उद्योग वन्द गर्नुको विकल्प भएन,” नेपाल ग्रामो उद्योग प्रा.लि.प्रसौनी बाराका प्रबन्धक प्रकाश सिंहले भने ।

देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रमा अहिले नै उद्योगहरु पुनः सुचारु गर्न धौ धौ हुने अवस्थामा पुगेका भन्दै उनले नाकाबन्दी अझै नखुले यहाँका सवै उद्योगहरु धराशायी हुने बताए ।

बिरगञ्ज पथलैया औद्योगिक कोरिडोर र कलैया वीरगञ्ज सडक खण्ड अन्तर्गत दुई हजारभन्दा भन्दा बढी उद्योगहरु छन् ।
श्याम गुप्ता बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>