समाचारबुधबार, आश्विन २७, २०७२
एमाओवादी: सरकारमा जाने नेताको टुङ्गो लागेन
सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि २७ असोजमा बसेको एमाओवादी स्थायी समितिको बैठकमा सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ ।
बैठकमा स्थायी समिति सदस्यले सरकारमा सहभागिता जनाउनेबारे बोल्ने क्रम नसकिएपछि बिहिबार बस्ने गरी बैठक स्थगित भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
“सबै सदस्यले आफ्नो धारणा राखिसके पनि स्थायी समिति सदस्य शक्ति बस्नेतले बोल्न बाँकी रहेकाले भोलि बिहान बस्ने गरी बैठक टुङ्गिएको हो,” शर्माले जानकारी दिए ।
बैठकमा केही सदस्यले महासचिव कृष्णबहादुर महरा र केही सदस्यहरुले सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा जानुपर्ने सुझाव दिएका थिए ।
बैठकमा स्थायी समिति सदस्यहरुले सरकारमा जाने मन्त्रीहरुका लागि निश्चित मापदण्ड बनाउनुपर्ने, सरकार सञ्चालनको कार्यविधि बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता शर्माले जानकारी दिए ।
भोलिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली तयार पारी सिफारिस गर्ने उनले बताए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
