खेलकुदबुधबार, आश्विन २७, २०७२

‘म्याच फिक्सिङ’ को आरोपमा कप्तान सागर थापासहित ५ खेलाडी पक्राउ

हिमालखबर

B116PR Soccer ball being kicked by playerप्रहरीले अफगानिस्तान र बांग्लादेशसँगको खेलमा ‘म्याच फिक्सिङ’ को आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना खेलाडीलाई पक्राउ गरेको छ ।

कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र अञ्जन केसीलाई ‘म्याच फिक्सिङ’ (रकम लिएर खेलमा मिलोमतो) गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान महाशाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

उनीहरुले अफगानिस्तान र बंगालदेशसँग भएका खेलहरुमा म्याच फिक्सिङ गरेको अनुसन्धानबाट खुलेको खनालले बताए । “ब्याङ्क ट्रान्ज्याक्सन समेत देखिएको छ,” उनले भने ।

उनले आन्तरिक खेलहरुमा पनि मिलोमतो गरेको पाइएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...